
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा आज सो अभियान शुभारम्भ गर्नुभयो । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएका सन्दर्भमा सो अभियानले विद्यार्थीको अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ, बिहान वा बिदाका समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको पाठ्यक्रम पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहने दृढता व्यक्त गर्र्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij