Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । डा .तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् ।लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गर्नुभएको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो ।
यस्तै डा तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरिी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । कोरोना कहरमा निरन्तर स्वास्थ्य सेवामा अविचलित भई सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पुरस्कार र धौलागिरि अस्पतालको चुस्त व्यवस्थापन गर्न सफल अस्पतालका अध्यक्ष केबीरानालाई सम्मान गर्न लागिएको हो ।
पुरस्कृत र सम्मानीत चार जनालाई आगामी माघ महिनाको अन्तिम साता नगद रु।१५÷१५ हजार सहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा कार्यरत डा। पौडेलले विसं २०७० मा कोषको स्थापना गर्नुभएको थियो । कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij