
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । टिकटकमा गरिएको प्रतिबन्धबारे पुन:विचार गर्न सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति पुनःविचार हुने बताएका हुन् ।
टिकटक बाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने उनको भनाइ छ । साथै, उनले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको पनि बताए । ‘अन्य सामाजिक सञ्जाल केही हुँदैन । नियमनका लागि विधेयक आउँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकटकबारे पनि पुनःविचार हुन्छ।’
साथै, उनले अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको समेत बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij