
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । धनकुटाको पाख्रिवासमा अज्ञात समूहले वडाध्यक्षलाई उनकै घरमा थुनेर आगो लगाएको छ । गएराति पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो ।
गुरागाईँले डाँडाखर्कस्थित आफ्नो घरमा परिवारसहित सुतेका उनीहरुलाई भित्रै थुनेर आगो लगाइएको जनाए । राति १२ बजेतिर आगो लगाइएको उनको भनाइ छ ।
उनका अनुसार तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू एक ठाउँमा थुपारेर आगो सल्काइएको थियो । प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij