
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डाक्टर आरपी बिच्छालाई दिइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij