Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन मृत अवस्थामा फेला परेका हुन् । 

    images
    images
    images

    जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । 

    घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij