
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । एमाले र राप्रपाले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।
मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका प्रदेशसभा सदस्यले संसद् सचिवालयमा दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए । एमाले र राप्रपाका ८ जना प्रदेशसभा सदस्यले उक्त प्रस्ताव दर्ता गराएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मनलाग्दी योजनाहरु काँटछाँट गरेको भन्दै प्रदेशसभा आलोचना भएको थियो ।
मुख्यमन्त्री कार्कीले गल्ती सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि एमाले र राप्रपाले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij