Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

स्रोत नखुलेको दस लाख रकमसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको दस लाख रकमसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । स्रोत नखुलेको दस लाख रकमसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्परण रक्सौल ७ अरुवाटोल बस्ने २३ वर्षीय उमेश यादव रहेका छन् । भारतबाट नेपालतर्फ आइरहेको बी आर ०५ ए आर ८१०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्राेत नखुलेको रकमसहित उनलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा यादवले हेलमेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको स्राेत नखुलेको नेपाली रुपैयाँ दस लाख बरामद गरिएको जनाएको छ । उनलाई रकमसहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij