
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने २० वर्षीय मिलन माझी रहेका छन् ।
माझीले ती बालिकालाई आफ्नै कोठामा गत बिहीबारदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले सोमबार राति उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij