Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ

  • काठमाडौं । प्रहरीले विद्युतीय मोटर चोरी मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नरहा गाउँपालिका– ३ नयाँ चोहर्वामा पानी तान्ने विद्युतीय मोटर चोरी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका गोलबजार नगरपालिका– ९ डण्डा घर रहेका करिब ३० वर्षीय श्रीदेव यादवलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

    images
    images
    images

    लागुऔषसहित नियन्त्रणमा लिइएका उनलाई सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij