Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अस्पतालले आगमी माग १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने योजना रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले स्वास्थ्यखबरलाई बताए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बाहेकका सरुवा रोगका बिरामीलाई पनि भर्ना गरेर उपचार सेवा दिने भएको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड बाहेकका नियमित सेवाहरु सञ्चालन गर्न निर्देशन दिएपछि शुक्रराज अस्पतालले पनि कोभिड बाहेकका बिरामीलाई पनि भर्ना गरेरै उपचार सेवा दिने तयारी गरेको अस्पतालका निर्देशक डा राजभण्डारीको भनाइ छ।
‘हाम्रो अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु उपचारका लागि आउँथे, कतिपय रोगका बिरामीले यहाँ निःशुल्क उपचार पाउँथे,’ डा राजभण्डारीले भने, ‘तर कोभिडका मात्र बिरामीलाई भर्ना गर्दा अन्य रोगका बिरामीले बाहिर दुःख पाएका छन्। त्यसैले अब हामी पनि अन्य रोगका बिरामीलाई पनि भर्ना गरेर सेवा दिने तयारीमा छौं।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij