
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सडक खण्डअन्र्तगत हेटौँडा–६ चौघडामा ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शिवम् सिमेन्ट उद्योगबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले बाटो काट्नेक्रममा पैदलयात्री स्थानीय ३८ वर्षीया निरा बजगाईँलाई ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रक तथा चालक प्रहरी चौकी चौघडा मकवानपुरको नियन्त्रणमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij