
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाण्डौ । झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीलाइै चेक जाँच गर्ने क्रममा प्रहरीले भारतीय रकम ३ लाख २० हजार रुपैयाँ सहित उनलाई पक्राउ गरेको हो ।
उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij