
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भइ हाल काठमाडौंको जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१०, बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।
प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो २६ लाख ५७ हजार रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij