
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउँपालिका ६ घर भएका २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् ।
तानसेन नगरपालिका ८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij