
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । गृहले आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन पत्राचार गरेको छ । धनुषामा जेठ ७ गते आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई उनीहरूले जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । प्रहरी प्रधान कार्यालयले खड्कालाई हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij