
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको हो ।
मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् । उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij