
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । गुल्मीमा आइतबार राति एक किराना पसलमा आगलागी भएको छ । गुल्मीदरबार गाउँपालिका ७ चारपाला फेदीका टोपबहादुर बस्नेतको किराना पसलमा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
चारपाला प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मिनबहादुर सेन ठकुरीले आगलागीबाट २ तले घर, त्यसमा रहेको किराना पसल, दुईवटा मोटरसाइकल, ३ लाख रुपैयाँ नगद, सुनका गहना साढे तीन तोलालगायतको क्षति भएको बताए । गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण भएको थियो । आगलागीको कारण भने खुलेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij