Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ

स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ

  • काठमाडौँ । स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–२ बस्ने २७ वर्षीया सीमा भन्ने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका–१ बस्ने २६ वर्षीया चन्दा चौधरी रहेको जनाएको छ ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गस्थित रुपनी नगरपालिका–१ खाडोपुलमा दुवै जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जनाएका छन् । 

    प्रहरीले प्र १–००–४८ प ३०९० नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको डिकीमा लुकाइछिपाइ राखेको श्रोत नखुलेको ७ लाख ५० हजार र चालक सागर कुमारी चौधरीले लगाएकी ज्याकेटको खल्तिबाट ३६ हजार ५ सय रुपैयाँ गरी ७ लाख ८६ हजार ५ सय बरामद गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij