
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका-१० बस्ने ४२ वर्षीय नबराज दंगाल समेत ५ जना रहेका छन् ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ४५ हजार रूपैयाँ ३ बुक ताससहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij