
Apr 20 2025 | २०८२, वैशाख ७ गते
काठमाडौँ । अर्काको शरीरमा पेट्रोल छर्की आगो लगाइ भागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय सुवास बिक रहेका छन् । ग्वार्को बाफल स्थित एसबी ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्किएर आगो लगाइ सुवास भागेका थिए ।
असोज २२ गते सोमबार दिउँसो साढे १ बजे पर्सा घर भएका अरुणलाई सुवासले काम गर्ने ठाउँ(एसबी ह्याण्ड ग्राफी)मा नै पेट्रोल छर्की आगो लगाएका थिए । उक्त आगो सल्किएर सँगै रहेका अन्य २ जनासमेत गरी ३ जना घाइते भएका थिए । प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उनीहरुको कीर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उक्त घटनामा अनुसन्धानको लागि सुवास बिकलाई सोमबार बिहान लगभग साढे ९ बजे सुन्धाराबाट पक्राउ गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij