
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई नेतृत्वको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।एआईजी राईसहितको टोली सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन अमेरिकातर्फ गएको हो ।
टोलीमा राईसहित डीआईजीद्वय दुर्गा सिंह र केदार ढकाल समेत छन् । केन्द्रीय प्रहरी समाचार कक्षले राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्ने जनाएको छ । एआईजी थापासहितको टोलीलेअमेरिका जाने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेको थियो ।
कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिसिङका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि आर्टिफिसियल इन्टलिजेन्स लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरसहितको टोली अहिले बेलायत भ्रमणमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij