
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बैठकले कम्पनीको प्रथम वार्षिक साधारणसभा पनि आयोजना गर्ने निर्णय गरेको छ । आउँदो मंसिर ६ गते ललितपुरको झम्सिखेलमा अपराह्न साढे ४ बजेबाट सभा सुरु हुनेछ ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक र लेखापरीक्षको प्रतिवेदन सोही सभाले स्वीकृत गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij