Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

असोज २९ गतेदेखि नयाँ नोट यही साट्न पाउने

असोज २९ गतेदेखि नयाँ नोट यही साट्न पाउने

  • काठमाडौं । दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको बताए ।

    images
    images
    images

    राष्ट्र बैैंकले पहिलो चरणमा वाणिज्य बैंकहरूलाई मागानुसार नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले असोज २४ गतेपछि राष्ट्र बैंकबाट आफ्नो अनुकूलमा नयाँ नोट साट्न पाउनेछन् । एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।

    पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै उपलब्ध गराइने शाक्यले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij