
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले बिहीबार बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलले बालकलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजको माध्ययमबाट पनि मोटरसाइकल चालकलाई खोजी गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij