
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले विगत तीन दिनदेखि भेटघाट बन्द गरेका छन् ।
बिसञ्चो भएकोले सभापति देउवा निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । ‘रूघाखोकी लागेको छ, ठूलो समस्या छैन,’ उनले भने, ‘बिहीबारदेखि नेता कार्यकर्ताहरूसँग भेटघाट सुरू गर्नुहुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij