
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए । भण्डारीमार्फत प्राप्त भएको भल्ब न्यून आर्थिक अवस्थाका ६ जनालाई निःशुल्क लगाइएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए । उनका अनुसार गरिब बिपन्न परिवारका थप चार जना विरामीलाई पनि निःशुल्क भल्ब लगाइनेछ । यता, भल्व निःशुल्क प्रदान गर्ने सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक भण्डारीले गरिब बिपन्न विरामीको उपचारमा साथ दिने उद्धेश्यले सहयोग गरेको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij