
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको हत्या भएको हो ।
गएराति जात्रामा झगडा हुँदा कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो । हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij