
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानमा डोटी खटिएका बडुवालको स्वासप्रश्वासमा समस्या आएपछि लम्की अस्पतालहुँदै नेपालगन्ज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij