
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा उनीहरूले स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij