
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यापारीले प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहबाहिर आइतबार विरोध प्रदर्शन गरेका हुन् । ‘गरी खान देऊ,’ ‘महानगर प्रहरी दमन बन्द गर’, ‘सहर सबैका लागि कि धनीका लागि मात्र ?’ लगायत नारा लेखिएका प्लेकार्ड उनीहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा केही अभियन्ता समेत सहभागी थिए । उनीहरूले विकल्प नदिई फुटपाथबाट व्यापारीलाई विस्थापन गरिएको भन्दै विरोध जनाएका हुन् । फुटपाथ पैदलयात्रीका लागि रहेको भन्दै महानगरले त्यहाँ व्यापार–व्यवसाय गर्न निषेध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij