Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फिफिया एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ

फिफिया एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ

  • काठमाडौं । फिफिया नामक एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर जिमेलआइडी, फिफिया एप्स इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतका बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्सबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

    AGNI GROUP

    प्रवक्ता रेग्मीले विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij