Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

  • काठमाडौँ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जान लागेका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उद्‌घाटन समारोहमा सहभागी हुनेछन् । शनिबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij