
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाट शिक्षा विधेयक सच्याउने भन्दै आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।
सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij