Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ

सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ

  • काठमाडौँ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा दिउँसै सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ परेका छन् ।
     
    काठमाडौं महानगरपालिका-२८, बागबजार बस्ने मोटरसाइकल चालक ४४ वर्षीय सुरज गुरुङ, पर्साको वीरगन्ज-१७ घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी, भारतको पश्चिम बंगाल मेधिनापुर जिल्ला उदयचोक घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारतको महाराष्ट राज्य सोलापुर जिल्ला गोरडवानी घर भई हाल काठमाडौं-२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना नेपाली सुनको सिक्री लुटपाटमा र दुई भारतीय खरिद बिक्रीमा संलग्न रहेको पाइएको जनाएको छ ।

    गत भदौ २५ गते साँझ सवा ५ बजेतिर काठमाडौं-१४,कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रेको पाँचखाल नगरपालिका-१२ बालुवाकी अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटपाट गरी फरार रहेको कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरूसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत कालिमाटी पठाइएको कार्यालयले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij