
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मादक पदार्थ सेवन गरेका छोराको कुटपिटबाट दाङमा एकजना ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । बाबुको हत्या आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जनक मल्लले जानकारी दिए ।
मदिरा सेवन गरेर मात्तिएका सन्तोषले बाबु प्रेमबहादुरमाथि निर्धात कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए ।
पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij