
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ । कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिनेछ । तीन दिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij