
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij