
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि आक्रमण प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो’, उनले भने, ‘हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने । त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’
संसदमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि यसबारे गृहमन्त्री र प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij