Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पेस्तोल देखाइ रकम असुल्ने नक्कली प्रहरी पक्राउ

पेस्तोल देखाइ रकम असुल्ने नक्कली प्रहरी पक्राउ

  • काठमाडौं । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।  लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेका साहलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ । यता, सीमानाकाहरुमा सादा पेसाकमा व्यापक रुपमा परिचालन गरिएका घुमुवा प्रहरीहरुले पनि खुल्लेआम रुपमा तस्कर तथा स–साना व्यापारीहरुसँग अवैध रकम असुली गर्ने कार्य बढेको स्थानीहरु गुनासो गर्छन् ।

    सीमानाकामा शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न खटाइएका प्रहरीहरुकै मिलोमतोमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij