
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । नेपाली काँग्रेसका नेता राजाराम कार्कीको निधन भएको छ । काँग्रेसका अनुसार काठमाडौँको वीर अस्पतालमा उपचाररत कार्कीको बुधबार अपराह्न ५ बजे निधन भएको छ । बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म कार्कीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिने बताइएको छ ।
धादिङबाट काँग्रेस महासमिति सदस्य रहेका कार्की २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार थिए तर उनी पराजित भए । कार्की काँग्रेस पूर्वकेन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्वमहामन्त्री, बागमती प्रदेश सभाका पूर्वसदस्य पनि हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij