
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित खाजा घरबाट गाँजा सेवन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले महानगरपालिका–३२ स्थित खाजा पसलबाट ५० ग्राम गाँजा सहित आरोपितहरुलाई पक्राउ गरिएको जनाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भएर जडीबुटी बस्ने २६ वर्षीय धिरज लामासहित ८ जना लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले खाजा घरमा गाँजा सेवन गरेको सुराकको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij