
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्न दलहरु सहमत भएका छन् । आज (बुधबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको दलहरुको बैठकले दुई बुँदे सहमति गर्दै आयोग गठन गर्ने सहमति गरेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए ।एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दैै तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको थियो ।
अन्ततः दलका नेताहरुबीच उक्त प्रकरणको छानविनका लागि समिति बनाउने सहमति जुटेको हो । प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजे बस्ने कार्यतालिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij