
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरू छलफलमा जुटेका छन् । मंगलबार अपराह्न कांग्रेसका मन्त्रीहरूको रक्षा मन्त्रालयमा छलफल भएको हो ।
बैठकमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मन्त्री भएकाहरू सहभागी छन् । उनकै नेतृत्वमा कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको थियो ।
छलफलमा के विषयमा कुराकानी गरेका हुन् खुलिसकेको छैन । स्रोतका अनुसार सरकारका कामकारबाही प्रभावकारी भएनन् भन्ने गुनासो आएपछि खड्काले छलफल गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij