Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सर्वदलीय बैठक जारी, एमालेको अनुपस्थिति

सर्वदलीय बैठक जारी, एमालेको अनुपस्थिति

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ । राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो ।  

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने लगायत उक्त बैठकमा सहभागी छन् । संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा सो बैठकमा छलफल हुने भएको छ । 

    गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै  सदनमा लगातार अवरोध गर्दै आएको थियो ।

    हिजो राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा सुन तस्करीमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठित भइसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij