Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पेरुको पहाडमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

पेरुको पहाडमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । 

    images
    images
    images

    हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताएअनुसार करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो  ।

    घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ । सन् २०१९ मा विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij