
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि बोलाएको राष्ट्रिय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । संसद गत १० साउनदेखि अवरुद्ध छ । प्रधानमन्त्री प्रचण्डले सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए ।
छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नै पर्ने अडान लिएको छ । आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्त गरेका छन् ।
सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij