
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३० लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस प्रकरणमा प्रहरीले ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करीमा संलग्न रहेको आरोपमा उनीहरू मंगलवार पक्राउ परेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij