
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैँसीपाटीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ । उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij