
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा थप जाहेरी परेको छ । थप पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् ।
१ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै उनीहरुले जाहेरी दिएका छन् । कार्यालयका अनुसार तीन छुट्टाछुट्टै किटानी जाहेरी परेको र सक्कल जाहेरी दरखास्तलगायत कागजात आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका थिए । अहिले उनीहरु सबै पुर्पक्षका लागि कारागारमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij